1, “मेरो दाँत भरेको त्यो मोरो फिलिङ्ग झरो , के गर्ने ? “
Dental Temple Kathmandu को उत्तर : त्यो राम्रो सङ्ग नअडिनुमा धेरै कारण हुन्छन : केमिकल बोन्डिङ हुन नसकेर , मेकानिकल बोन्डिङ्को लागि Suitable खाल्डो बन्न नसकेर , थुक को management गर्न नसकेर , वा अरु केइ ।
…..
2, “ मेरो आमाको मुख भरिको दाँत हालेको साह्रै खुकुलो भो , घोच्छ रे ।”
Dental Temple Kathmandu को उत्तर: खुकुलो हुनु र घोच्नु मा धेरै कारण छन । त्यो घोच्नेलाई त मुठार्नु पर्छ । समय समस्या हो । तर खुकुलो हुनुमा कि त दाँत अली ठुलो बन्यो या त गिंजा नै समौन सक्ने अवस्थामा छैन । वा balnace भएको छैन ।
….
3, “अगाडिको दाँत थिएन । एक ठाउँमा गयर हाली हालियो । रङ्ग पनि मिलेन । भैंसीको जस्तो हालिदियो ठुलो ठुलो । ऐना हेर्नै लाज लाग्न थाल्यो । गयर सोधेको , ‘यस्तै हो ठीक छ भन्छ ‘ कती जानु ?”
Dental Temple Kathmandu को उत्तर: ठुलो बन्नुको कारण ओरिपरिको दाँतलाइ राम्रो सङ्ग तयारी गर्न नसक्नु अनी ल्याब पनि काम चलाऊ वाले भयर हुन सक्छ । सौन्दर्य दर्साउने काम गर्न जल्ले पायो तेल्ले सजिलै सङ्ग सक्दैन । राम्रो ल्याब वोर्क हुनुपर्छ । कलर म्याचिङ्ग पनि त्यै हो , शही तरिकाले अनी अली समय निकालेर गर्नु पर्छ । समस्या त्यै नेर हो ।
……
4, “आज दिउसो दाँत फुकालेको नजिकैको क्लिनिकमा गयर , रगत आको आकै छ । फोन गरेको लाग्दै लागेन । केइ Advices, के गर्ने अब ?”
Dental Temple Kathmandu को उत्तर: धेरै कारणले त्यस्तो हुन्छ । प्रमूख चाहिं : कि त तातो कुरा खाएर त्यहाँ रगत जम्न पाएन, कि त केइ सारो कुराले त्यहाँ घोचेर समस्या आयो वा थुकेको थुक्यै गरेर प्रेसर जेनेरेट भयो वा केइ सारिरिक समस्या पनि हुन सक्छ ।
अब चिसो कटन लाई भिजाएर त्यहा केइ समय टोकेर चेप्ने, तातो,सारो नखाने, थुक सबै निल्ने। केइ समय हेर्ने , शायद ठीक होला । अझै गाह्रो भयो भने डाक्टर सङ्ग संपर्क राख्ने ।
……
5, “आर सि टि हो कि के भन्दा रहेछन। त्यो गरेको ऐले सुन्नेको छ । ‘सात दिन ओखती खा’ भन्यो । What to do ?”
www.DentalTemple.com को उत्तर: सुन्निनुको पछाडि धेरै कारण हुन सक्छन । एउटा प्रमूख कारण यथेस्ट मात्रामा सफै नहुनु र infection अझै बाँकी रहनु हो । अब तपाईं औषधीको साथमा आफ्नो जिउको इम्मुनिटी लाई पनि प्रयोग गरेर कुस्ती खेलाउनुस् । केइ समय हेर्नुस्। डुखाइ छैन र सुन्निएको गयो भने अनी पाक्ने/ दुख्ने साना फोका देखिने भएन भने खासै आत्तिनु नपर्ला । नत्र पुन आर सि टि जरुरी छ ।
…
6, “अस्तिको हप्ता दाँत सफा गर्न गाको । एक जना बैनिले पन्ध्र मिनेटमा सकिदिन । ऐले सिरिङ्ग सिरिङ्ग भैराको छ । के भाको होला ? ”
www.DentalTemple.com को उत्तर: हेर्नुस् दाँत सफा गर्ने भनेको माया गरेर , समय लगाएर , अनी दाँतलाइ कुनै हानी नगरि दाँत गिंजा बिचको फोहोर निकाल्ने उपचार् पद्दति हो। अब हतार हतारमा छिटो सक्छु भनेर खायो भने खान लागेको भात त अड्किन्छ , छिटो पुग्छु भन्यो भने मोटर त ठोकिन्छ भने एक दम सम्बेदन शिल मुख भित्र गरिने काम बिना कुनै हतार ,बिना कुनै प्रेसर अनी बाहिर कोइ कुरेको छ छिट्टै सक्छु भन्ने मानसिकता नराखिकन गर्नु पर्छ ।
अब हतारमा गर्दा इनामेल घोटिन सक्छ , गिंजामा घाऊ हुन सक्छ , दांतै हल्लिन सक्छ । तर १००% अवस्थामा नै सफा गर्नेको गल्ती हुन्छ भन्ने हैन । कैले काहीं दाँतमा पैले देखिनै त्यै समस्या रहेको पनि हुन सक्छ ।
…….
7. आर सि टि गरेको, ला दाँत त फुट्यो , चोइटो गयो ? के गर्ने थाहा छ त ?
www.DentalTemple.com को उत्तर : त्यै हो , अब हाती छिर्यो पुच्छर अड्क्यो भनेको यै हो । त्यो दाँत जरा भर्दा एक हिसाबले खोक्रो भाई सकेको हुन्छ । अब “गडम गडम” उही पुरानै शैलिमा चपाउनु अघी यस्लाई घर बनाइ सके पछी छानु लाए जस्तै टोपी लाउनु पर्छ । अब सानो चोइटो मात्र गएको हो भने त टोपी लाउन मिल्ला ठुलै भाग गएको हो भने त दांतैले बाइ बाइ नगर्ला भन्न सकिन्न ।
यि आदी इत्यादी कुरा उपचार् गरे पछी आउन सक्ने General Complications हुन I These Complications अधिक न्यूनिकरण गर्न भने सकिन्छ । कैलेइ न आउने भन्ने चाँही होइन ।