Dental Clinic In Kathmandu

Kathmandu

Kathmandu, Nepal

On appointment only (except emergency )

11am to 6 PM
9801141414
  • Videos
  • मुख स्वास्थ्य जानकारीहरू !
  • Our services
  • Happy Patients
  • Know about Doctors
  • Our Facebook
  • Location
  • Buy Hygiene Products
  • Our You Tube

Healthy Kiss

Home » Blog » Healthy Kiss

By admin • December 25, 2018 • No Comments

 

मुख  गनाउने: समस्या र समाधान !

By Dr Dinesh K Karki, A dentist based in Kathmandu (and Dental Temple Old Baneswor Height ) on Cleaning of teeth , Oral Hygiene , Oral Prophylaxis  , gums and teeth cleaning .

दाँतमा लाग्ने एक प्रकारको लेउ (जसलाई नेपालीमा “दाँते लेउ” पनि भनिन्छ)बाटनै मुखमा फोहोर जम्मा हुने क्रम सुरु हुन्छ । प्रत्यक पटकको खानापछि यो लेउको पत्र बढ्दै जान्छ । यसमा गिँजालाई हानी गर्ने ब्याक्टेरियाहरुले बास बस्ने गर्दछन । त्यो “दाँते लेउ” लामो समयसम्म जम्मा हुँद-हुँदा सार्हो बन्दै गएर एक प्रकारको कमलो खालको ढुङा जस्तो रूप धारण गर्दछ ।यसलाई क्याल्कुलस भनेर भनिन्छ ।

 

if you missed, read this too—> 

क्याल्कुलस बिशेष गरेर दाँतको र गिँजाको बिचमा रहेको खोल्सामा जम्मा भएर बस्दछ । यसको मात्रा बढ्दै गएमा माथि-माथि थपिदै आएर दाँतको सतह सम्म देखा पर्न थाल्दछ ।लामो समय देखि डाक्टरको सल्लाह बमोजिम दाँत सफा नगरेको ब्यक्तिको दाँतको जिब्रो भएपट्टिको सतहमा एक चोटी हेर्नु भएमा क्याल्कुलस देख्न सकिन्छ । क्याल्कुलस सेतो र पहेँलो मिश्रीत रङमा, दाँत र गिँजा बीचको सँगम स्थल मा रहेको हुन्छ ।

 

दाँतको सतहमा कालो, पहेंलो, तथा खैरो रङ्गको पातलो पत्र जमेर अथवा टाँसिएर बसेको हुन्छ । यसलाई “स्टेन्” भनिन्छ दाँत तथा गिँजा सफा गर्दा लेउ (दाँते लेउ), क्याल्कुलस तथा स्टेन सबैलाई निकालेर फ्याकिन्छ ।

See Video

दाँत सफा गर्ने स्वचालित मेसिन हुन्छ । त्यो मेसिनलाई सामान्य गतिमा चलाएर, दाँतको इनामेललाई हानी नगर्ने र नघोट्ने गरेर, दाँत तथा गिँजा सफा गर्नु पर्ने हुन्छ । तसर्थ, दाँतको र गिँजाको बनावट र कार्यको बारेमा राम्ररी जानकारी भएको डाक्टरको सल्लाह बमोजिम आफ्नो दाँत र गिँजाको सफाई गर्नु होला । दाँत तथा गिँजाको नियमित सफाई गर्नाले गिँजामा नियमित रगत प्रबाह गर्न थाल्दछ, गिँजा भित्रको भित्रको हड्डि मजबुत हुन थाल्दछ । दाँत सफा र चम्किलो देखिन्छ । श्वोस्थ जीवनको सुरुवात हुन थाल्दछ ।

See video 

-दाँत र गिँजामा लामो समयसम्म फोहोर रही रहनाले मूटुमा आक्रमण हुन सक्छ । -दाँतमा भएका काला, पँहेला, खैरा रङ्गका फोहोरहरुले सौन्दर्यमा र्हाश आउन सक्छ । -मुखभरी र दांतका चेप्-चेपमा लुकेर बसेका फोहोरका कारणले मुख डुङ्-डुङ्ग्ती गन्हाउन सक्छ । त्यो मुख गन्हाउने मान्छे सँग कोही पनि नजिकिन चाहदैन, तसर्थ ब्यक्तिको को सामाजिक स्तरमा हानी हुन सक्छ ।

If you missed, read this too—> 

Find Us on Facebook

You Tube

Our Visiting Card

 

अधिकान्स मुख गनाउने सम्स्या मुख , गिंजा र दाँतकै समस्या बाट सिर्जित हुन्छन ।

अब कसरी त भनेर मुख र दाँत तिर लागौं :

  1. हामीले खायका खानेकुरालाई दाँतले टुक्रा टुक्रा पर्छ, जिब्रोले पन्यूले जसरी चलाऊछ अनी र्यालले मुलायम बनएर निल्न सहयोग गर्छ।

अब, दाँतले टुक्रा टुक्रा पार्दा दाँत बिचका चेप चेपमा गयर अड्किन्छ , त्यसलाई समयमा नै निकाल्न सकेन भने हाम्रो भान्साको फोहोरले जसरी नै (कुहियर ) गन्ध फ्याक्न थाल्छ् । अब त्यै गन्ध मुखको ओडार बाट बहिर श्वास प्रश्वास संगै बहिर निस्किन्छ अनी ओरी परिका सबैलाई गनाउन थाल्छ ।

 

  1. जिब्रोले त्यो खानेकुरा चलाऊने क्रममा धेर थोर जिब्रोमा पनि पातलो तह फोहोरले ढाकेको हुन्छ । त्यो फोहोर मुख भित्रै केइ समय पछी कुहिएर गन्ध निकाल्न थाल्छ् ।
  2. बङारा तिरको दुई दाँत बिचमा ठुलो चेप छ भने त्यहाँ खानाका अड्किन्छ , कुहिन्छ अनी गनाउछ ।
  3. कुनै कुनै दाँत हरु किराले खाएर ठुलो ढाँड बनी सकेका हुन्छन । त्यो ढाँडमा नजानिदो पाराले अड्किएका खाने कुरा लामो समय सम्म बसेर नियमित गन्ध निकाल्न मद्घत गरी रहेका हुन्छ ।
  4. खैनी चूरोट अादिका आदतको कारणले पनि मुख गनाउन सक्छ ।
  5. कुनै कुनै खाने कुरा हरू आँफै पनि बढी श्वास गनाउन मद्घत गर्छन जस्तै लसुन , प्याज ।
  6. मुख सुख्खा हुने कुनै रोगहरू भएमा नि प्रसस्त मात्रामा तरल पदार्थ ले बगाउनु पर्ने फोहोर बग्न पाउन्न अनी मुख गनाउन सक्छ ।
  7. नक्कली दाँत लगएका ब्यक्ती हरुले नियमित सफा नगर्दा नि अड्किएको फोहोर कुहियर मुख गनाउन सक्छ ।दाँतमा ब्रेसेस वा तार लगाएका ब्यक्तिमा नि फोहोर धेरै अड्किएर गनाउन सक्छ ।

 

तपाईं आफ्नो अपिसमा उसिनेको अन्डा वा चिकेन चिल्ली वा त्यस्तै कुनै खाना अलिकती डस्ट बिन मा फ्याक्नुस्, झ्याल ढोका थुनेर गर जानुस् अनी भोली पल्ट बिहान अफिस आउन साथ आफ्नो अफिस कोठा खोल्नुस् अनी महसुस गर्नुस् – गन्ध ।

ठीक त्यै हो मुखको गन्द पनि । फरक यत्ती हो कोठा अली ठुलो होला मुखको क्षेत्रफल अझै सानो छ् , तसर्थ मुख भित्रको फोहोर अझै बढी गनाउने हो ।

…..

 

समाधान :

१ , दाँतमा लेउ लाग्न र फोहोर टाँसिन नदिन नियमित बुरुश गर्ने, दिनमा दुई पटक (खाना खाइ सके पछी) ।

२, रेगुलर मुख खोकल्ने वा कुल्ला गर्ने बानी गर्ने ।

३, मुखलाई नियमित रसिलो बनाइ राख्ने, सुख्खा नराख्ने ।

४, दुई दाँत बिचको चेपमा रहेका फोहोर निकाल्न डेन्तल फ्लस ( एक प्रकारको धागो ) नियमित प्रयोग गरी दुई दाँत बिचमा फोहोर अड्किन नदिने ।

५, दुई दाँतको बिचमा अली ठुलो ग्याप छ भने इन्टर्डेन्टल ब्रश ले बाहिर भित्र गरेर फोहोर बस्न नदिने।

५, कुल्ला गर्ने झोल कुरा पनि छोटो समयको लागि प्रयोग गर्न सकिन्छ ।

६, जिब्री भन्ने उपकरणले जिब्रोमा फोहोर जम्न नदिने

७, मुख गनाउन सहयोग गर्ने आदत जस्तै सुर्ती इत्यादी छोड्ने

८, नकली दाँत ( डेन्चर ) राम्ररी सफा गर्ने , नियमित सफा गर्ने

९, दर्ता प्राप्त दाँतका डाक्टरको मा गयर बेला बेलामा परामर्श का साथमा सरसफाइ पनि गराउने ।

 Find Us on Facebook

You Tube

Our Visiting Card

Location:

Behind Apex College, Old Baneswor Height, Kathmandu.

Phone: 9851007337

eMail: nepalidentist@gmail.com

 

Categories:Blog

admin

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Dentistry in Nepal
  • Healthy Kiss
  • Kiss Healthy
  • दाँत धेरै घोटेर मात्र सफा हुने होइन !
  • दाँतको सरसफाई बारेमा केहि कुरा

Recent Comments

    Archives

    • November 2019
    • December 2018
    • November 2018
    • August 2018
    • June 2018
    • May 2018
    • March 2018
    • February 2018
    • January 2018
    • April 2017
    • October 2016
    • July 2016
    • May 2016
    • April 2016
    • March 2016

    Categories

    • Blog
    • Clinic- Postcards
    • Uncategorized

    You Tube

    https://www.youtube.com/watch?v=QY7FsNVpcpA

    Instagram

    Instagram has returned invalid data.

    Follow Us!

    Copyright © Dental Temple 2019 | Design by TallyThemes
    • Videos
    • मुख स्वास्थ्य जानकारीहरू !
    • Our services
    • Happy Patients
    • Know about Doctors
    • Our Facebook
    • Location
    • Buy Hygiene Products
    • Our You Tube