By admin • May 23, 2018 • No Comments
By Dr Dinesh Karki
Dental Temple Kathmandu
थप जानकारीका लागि
9851007337 मा फोन गर्न सक्नुहुन्छ ।
तलको जानकारी मूलक लेख पढ्नुहोला :
1, हेर्नुस् न, मेरो खायको आधा जती दाँतमै अड्किन्छ ।
2, एउटा हातले खाने , अर्को हातले सिन्को समातेर बस्छु म त अड्केको खानेकुरा निकाल्न ।
3, खाना अड्किन्छ अनी टनक टनक दुख्छ ।
4, राती खाना अड्क्यो भने त न-निकाली शुखै पाइन्न , नत्र निद्रै लाग्दैन ध्यान त्यहीं गयर ।
5, साग , फर्सिको मुन्टा , मासु त खानै हुन्न सबै भन्दा पैले दुई दाँत बिचको चेपमा भरिन्छ अनी पल्ल पेट तिर जान्छ ।
……
यि माथिका समस्याहरू धेरै मान्छेले भोग्दै आएका प्रतिनिधि समस्याहरू हुन ।
…
अड्किने समस्या कस्तो हो त ?
जसरी मुस्लिले ढिकिमा धान कुटे जसरी तलको बङारा ले खाने कुरा बोकेर माथिको बङारा सम्म पुर्याउछ खाने मुख भित्र आएका खानेकुरा कुटाउन वा टुक्र्याउन । जब तल माथिका बङ्गरा बिच खाना पिसिन थाल्छ , त्यसले त्यो प्रेसर बिच आफ्नो बाटो खोज्छ । कती खाना जिब्रो को बाटो हुँदै घाँटी प्रबेश गर्दै पेट तिर लाग्छन भने केइ मात्रामा ओठ पट्टी र केइ दुई दाँत बिचमा चेपमा छिर्न पुग्छन ।
हो त्यै छिरेका खाने कुराले माथि सुरुमै भनेका समस्या निकाल्ने हुन ।
…..
दुई दाँत बिचमा चेप कसरी श्रीजना हुन्छ त ?
१, त्यहाँको दाँत कुहिएर वा किरा लागेर दुई दाँत बिच खाडल बन्छ
२, गिँजा एक दम कमजोर भएर दाँत बिस्तारै हल्लिएर चपाउदा खेरी चेप बन्न गएर ।
३, नियमित खोतल्दा खोतल्दा सानो चेप बाट ठुलो चेप बन्न गयर ।
४, दुई दाँत बिचको दाँत फुटेर वा चोइटो गएर
५, दुई दाँत उम्रिदा नै हल्का चेप रहेर उम्रिएमा
६, दुई दाँत समानान्तर न-उम्रिएर असन्तुलित भएर उम्रिएमा ।
………
समस्याको समाधान के त ?
…..
घराएसि समाधान
१, एक चोटि मात्रै प्रयोग गर्ने खाले सिन्कोले तत्काल अड्केको निकाल्ने ।
२, डेन्टल फ्लस ले सफा गर्ने
३, दुई दाँत बिच छिर्ने बुरुस ( प्रोक्सा बुरुश)ले बहिर भित्र गरेर सफा गर्ने
४, कुल्ला गर्ने ।
डाक्टरी समाधान
१, दुई दाँत बिचमा किराले खाएको छ भने त्यस्लाई भर्ने । भर्दा दुई दाँत बिच कसिलो हिसाबले भरिनु पर्छ ।
२, गिँजाको समस्या हो भने नियमित सरसफाइ गर्न लगाउने
३, दाँतनै पुरै बिरामी छ भने त्यस्को पूरा उपचार र बलियो बनाउदै चेप रहन नदिने
४, हल्लिएर दु:ख दिन मात्र बसेको दाँत छ भने त्यो दाँत निकाली त्यो छेत्रलाई केइ समय खुल्ला राखी क्रय क्षमता अनुसारको दाँत लगाउने ।
थप जानकारीका लागि
9851007337 मा फोन गर्न सक्नुहुन्छ ।