By admin • November 4, 2018 • No Comments
दाँतको सरसफाई बारेमा केहि कुरा
By Dr Dinesh K Karki, A dentist based in Kathmandu (and Dental Temple Old Baneswor Height ) on Cleaning of teeth , Oral Hygiene , Oral Prophylaxis , gums and teeth cleaning .
दाँतमा लाग्ने एक प्रकारको लेउ (जसलाई नेपालीमा “दाँते लेउ” पनि भनिन्छ)बाटनै मुखमा फोहोर जम्मा हुने क्रम सुरु हुन्छ । प्रत्यक पटकको खानापछि यो लेउको पत्र बढ्दै जान्छ । यसमा गिँजालाई हानी गर्ने ब्याक्टेरियाहरुले बास बस्ने गर्दछन । त्यो “दाँते लेउ” लामो समयसम्म जम्मा हुँद-हुँदा सार्हो बन्दै गएर एक प्रकारको कमलो खालको ढुङा जस्तो रूप धारण गर्दछ ।यसलाई क्याल्कुलस भनेर भनिन्छ ।
if you missed, read this too—>
क्याल्कुलस बिशेष गरेर दाँतको र गिँजाको बिचमा रहेको खोल्सामा जम्मा भएर बस्दछ । यसको मात्रा बढ्दै गएमा माथि-माथि थपिदै आएर दाँतको सतह सम्म देखा पर्न थाल्दछ ।लामो समय देखि डाक्टरको सल्लाह बमोजिम दाँत सफा नगरेको ब्यक्तिको दाँतको जिब्रो भएपट्टिको सतहमा एक चोटी हेर्नु भएमा क्याल्कुलस देख्न सकिन्छ । क्याल्कुलस सेतो र पहेँलो मिश्रीत रङमा, दाँत र गिँजा बीचको सँगम स्थल मा रहेको हुन्छ ।
दाँतको सतहमा कालो, पहेंलो, तथा खैरो रङ्गको पातलो पत्र जमेर अथवा टाँसिएर बसेको हुन्छ । यसलाई “स्टेन्” भनिन्छ दाँत तथा गिँजा सफा गर्दा लेउ (दाँते लेउ), क्याल्कुलस तथा स्टेन सबैलाई निकालेर फ्याकिन्छ ।
दाँत सफा गर्ने स्वचालित मेसिन हुन्छ । त्यो मेसिनलाई सामान्य गतिमा चलाएर, दाँतको इनामेललाई हानी नगर्ने र नघोट्ने गरेर, दाँत तथा गिँजा सफा गर्नु पर्ने हुन्छ । तसर्थ, दाँतको र गिँजाको बनावट र कार्यको बारेमा राम्ररी जानकारी भएको डाक्टरको सल्लाह बमोजिम आफ्नो दाँत र गिँजाको सफाई गर्नु होला । दाँत तथा गिँजाको नियमित सफाई गर्नाले गिँजामा नियमित रगत प्रबाह गर्न थाल्दछ, गिँजा भित्रको भित्रको हड्डि मजबुत हुन थाल्दछ । दाँत सफा र चम्किलो देखिन्छ । श्वोस्थ जीवनको सुरुवात हुन थाल्दछ ।
-दाँत र गिँजामा लामो समयसम्म फोहोर रही रहनाले मूटुमा आक्रमण हुन सक्छ । -दाँतमा भएका काला, पँहेला, खैरा रङ्गका फोहोरहरुले सौन्दर्यमा र्हाश आउन सक्छ । -मुखभरी र दांतका चेप्-चेपमा लुकेर बसेका फोहोरका कारणले मुख डुङ्-डुङ्ग्ती गन्हाउन सक्छ । त्यो मुख गन्हाउने मान्छे सँग कोही पनि नजिकिन चाहदैन, तसर्थ ब्यक्तिको को सामाजिक स्तरमा हानी हुन सक्छ ।
If you missed, read this too—>
Find Us on Facebook
Our Visiting Card
Location:
Behind Apex College, Old Baneswor Height, Kathmandu.
Phone: 9851007337
eMail: nepalidentist@gmail.com